अमेरिकी गायिका केटी पेरी बेला–बेला विभिन्न कारणले चर्चामा आइरहन्छिन् ।

विश्वमै प्रायः पुरुषले महिलामाथि यौन दुव्र्यवहार गरेका घटनाको चर्चा हुन्छ तर गायिका केटीले उल्टै पुरुषमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ ।

मोडल तथा अभिनेता जोस क्लोसले केटीले एउटा सुटिङका क्रममा आफ्नो ट्राउजर तानिदिएर झण्डै नाङ्गै पारेको आरोप लगाएका छन् ।

जोसका अनुसार सन् २०१० मा उनीहरू केटीको ‘टिनएज ड्रिम’ को सुटिङ गरिरहेका थिए तर केटीले त्यहाँ सबै क्रिउको अगाडि जोसको ट्राउजर तानिदिएकी थिइन् । अनि, अर्को पटक उनले जोसको कट्टुसमेत तानिदिएर गुप्ताङ्ग नै देखाइदिएको समेत जोसले गुनासो गरेका छन् ।