धरान । कात्तिक ८ गते छिमेकी साँझ गरिने भएको छ । धरान–१२ चतरालाइनस्थित छिमेकी युवा समूहले बुधबार पत्रकार सम्मेलन गर्दै सांगीतिक साँझ गर्न लागेको हो ।
साँझमा गतवर्षदेखि गर्दै आएको राइजिङ स्टार प्रतियोगिता पनि गरिने भएको छ । गत वर्ष समिता लिम्बू राइजिङ स्टार बनेकी थिइन् । त्यसका लागि कात्तिक १ गतेसम्म फर्म भर्ने मिति सार्वजनिक गरिएको अध्यक्ष राजेन्द्र राईले बताए ।
राइजिङ स्टारको व्यवस्थापन धरान सङ्गीत प्रतिष्ठान गरिरहेको छ । २१ वर्षमा प्रवेश गरेको छिमेकी साँझ चतरालाइनमा गर्दै आएको छ । साँझले सांगीतिक क्षेत्रमा लाग्ने उदयिमानहरुलाई स्थान दिँदै आएको छ । हालसम्म प्रश्ना शाक्य, सविन राई, दीपक लिम्बूलगायतका गायकगायिकाहरु जन्माइसकेका छन् ।