कुनै समय गर्भवतीहरू लाजले भुतुक्क हुन्थे । उनीहरू आफ्नो गर्भावस्था लुकाउन खोज्थे । पछिल्लो समय गर्भावस्थालाई उत्सवका रूपमा मनाउने प्रचलन नेपालमा पनि बढ्दो छ । नेपाली कलाकारहरूले गर्भावस्थामा विशेष फोटो सुट नै गरेर सार्वजनिक गर्ने गरेका छन् ।

यही प्रचलनअनुसार अभिनेत्री सिर्जना सुब्बाले पनि आफ्नो गर्भावस्थाको फोटो सुट गरेर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन् । उनले विभिन्न पोजका फोटो सार्वजनिक गर्र्दै फेसबुकमा ‘माया नै माया छ तिम्रो नाममा’ लेखेकी छन् ।

सिर्जनामा मिडियामा गर्भवती हुनु भनेको नारीले लजाउने विषय नभएको र यसलाई प्रकृतिले दिएको विशेष अवसर मान्नुपर्ने बताएकी छन् । उनले महिलालाई प्रकृतिले नै सृष्टि गर्ने शक्ति दिएको र यसलाई उत्सवको रूपमा मनाउनुपर्ने बताएकी छन् ।

sri