निश्चल बस्नेत र स्वस्तिमा खड्काको रियल जोडीले पहिलोपल्ट फिल्ममा जोडी बनेर अभिनय गरेको फिल्म ‘घामड शेरे’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

हेमराज बिसीको निर्देशनमा तयार भएको यो फिल्ममा स्वस्तिमा निश्चलको सालीको भूमिकामा छिन् । फिल्मको ट्रेलरमा निश्चलले आफ्नो जग्गा खोलाले बगाएपछि खोलाविरुद्ध नै मुद्दा हाल्ने निर्णय गरेको देखाइएको छ ।

यो फिल्ममा गौरी मल्ल विशेष भूमिकामा छिन् । सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखकलगायत कलाकारको समेत फिल्ममा अभिनय छ । निर्देशक बिसीकै कथा र पटकथा रहेको फिल्म आजैदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।