राजविराज /  तीन दिनदेखि एक्कासी वढेको चिसोले सप्तरी लगायत तराईका जिल्लाको जनजिवन प्रभावित भएको छ । वाक्लो हुस्सुसगै विहानैदेखि चल्ने चिसो सिरेटोले सर्वसाधारणको जनजिवन प्रभावित भएको हो ।
विहानैदेखि खुल्ने वजार÷पसल चिसोका कारण ९÷१० वजेसम्म वन्द हुने तथा सम्सा“झै वन्द हुने गरेका छन् । चिसो वढेपछि वजारमा सर्वसाधरणको चलपहल घटेको र आफु समेत निस्कन सक्ने अवस्था नरहँदा ब्यसाय सन्चालनमा पनि समस्या परेको स्थानीय ब्यापारीहरुको भनाई छ ।
अत्याधिक रुपमा वढेको चिसोले सप्तरीको सप्तकोशी नगरपालिकाका सामुदायिक विद्यालय ५ दिनका लागि वन्द गरिएको छ ।
सितलहरका कारण विद्यार्थीहरुको संख्या घटेको र जनजिवनमा समेत असर पर्ने देखिएपछि आगामी सोमबारसम्मका लागि बिदा दिने निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । आईतवारसम्म अवस्था हेरेर मौसममा सुधार आए सोमवारदेखि मात्र पठन पाठन संचालन गर्ने र मौसम प्रतिकुल हुँदै गए थप केहिदिन विद्यालय वन्द गर्न सकिने शिक्षा शाखा प्रमुख रामदेव चौधरीले वताए ।
‘सामुदायिक विद्यालयमा अधिकांश विद्यार्थी दलित र विपन्न वर्गका छन्’ उनले भने–‘तातो र पर्याप्त कपडा पनि नहुने भएकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी विद्यालय वन्द गर्ने निर्णय गरिएको हो ।’
सप्तकोशी नगरपालिकामा मावी ४ र आधारभुत ७ गरी ११ वटा सामुदायिक विद्यालय छन् । कुल ३ हजार ६ सय ३६ विद्यार्थी अध्ययनरत छन् । चिसो वढेपछि संचालनमा रहेका जिल्लाका निजि तथा सामुदायिक विद्यालयहरुमा समेत विद्यार्थीको उपस्थिती घट्न थालेको छ ।