धरान  / होटल एसोसिएसन भेडेटारको आयोजनामा भएको तीन दिने फुड फेस्टिभल विहिबार समापन गरिएको छ । होटल एसोसिएसन भेडेटारले भेडेटारमा चिसो मौसममासमेत पर्यटक भित्र्याउन र विशेष गरी अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि विगत ८ वर्ष देखि निरन्तर फुड फेस्टिभल संचालन गदैं आएको छ ।

मेलामा दुई करोडको हाराहारीमा व्यापार भएको एसोसिएसनका अध्यक्ष रुम्दालीले बताए । फुड फेस्टिभलको आकर्षणको रुपमा रहेको हेली टुर फन् फ्लाईटमा करीब दुई सय पचाँस पर्यटकले भेडेटार घुमेका थिए । फुड फेस्टिभलमा राखिएको फोटो प्रदर्शनीमा करीब दुई दर्जन फोटो बिक्री भएको नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले जानकारी दिए ।
नेपाल फोटो पत्रकार महासंघले भोली शुक्रबार देखी धरानको पब्लिक उच्च माविको प्राङ्गणमा धरान डे फोटो प्रदर्शनी गर्ने भएको छ ।