तेह्रथुम / पर्यटकीय स्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रमा शुक्रबार रातीदेखि हिमपात भएको छ । हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । वाक्लो हिउले जिल्लाको पर्यटकीय क्षेत्र पाच“ पोखरी तथा संखुवासभाको चौकी, मंगलवारे, गुफा, मुडेशनिश्चरे, सुके लगायतका वजार क्षेत्र पुरै ढाकेको छ । गुफा वजारसहित आसपासका क्षेत्रमा वाक्लो हि“उ परीरहेकाले स्थानिय वासिन्दाहरु घर वाहिर निस्कीन सकेका छैनन् । तीनजुरे मिल्के जलजले क्षेत्रमा वाक्लो हि“उ जमेकाले जंगलमा रहेका चौंरी तथा भेडी गोठहरुसमेत प्रभावित छन । हिमपात भए पछि स्थानीय बासी, पर्यटक, बटुवा र घरपालुवा पशु पंक्षीलाई सास्ती भएको टुटे देउरालीका छिरिङ्ग लामाले बताए । हिमपातका कारण म्याङलुङ्गदेखि धरान, विराटनगर, झापा जाने कुनै पनि सवारी साधन शनिवार नचलेको म्याङलुङ्ग ट्राफिक कार्यालयका सन्तोष खवासले बताए ।
भारी हिमपातका कारण लेकाली क्षेत्रका चोयाले छाएका गोठ तथा छाप्राहरु समेत पुरेको छ । कोशी राजमार्गको सिधुवादेखी वसन्तपुर र चैनपुर खण्डमा पुरैं हिउ जमेको छ । राजमार्गमा वाक्लो हि“उ जमेकाले सवारी साधान ओहोर दोहोर गर्न समस्या भएको छ । वाक्लो हि“उले लेकाली क्षेत्रका वस्तीहरु सवैजसो पुरेका कारण यस क्षेत्रका वुढावुढी र केटाकेटीहरु घर वाहिर निस्कन नसकेको मंगलबारे बजारका तितुङ्ग तामाङ्गले वताए । हिमपातसंगै अत्याधिक चिसो वढेकाले जिल्लाभरको जनजीवन प्रभावित भएको छ । भारी हिमपात भए पछि जिल्लाको लालिगुराँस नगरपालिकाको बसन्तपुर देखि संखुवासभा र ताप्लेजुङ्गको संगम स्थल गुफा बजार सम्म हिउँ खेल्ने पर्यटकको भिड लाग्न थालेका छन् ।
आन्तरिक पर्यटकहरु हिउँ खेल्न व्यस्थ
हिउँ परेसँगै यस क्षेत्रमा हजारौं आन्तरिक पर्यटकको भिड लाग्न थालेको हो । हिउँ हेर्न र हिउँमै खेल्न आएका आन्तरिक पर्यटकले बसन्तपुर, मंगलबारे, चौकी, पाँचपोखरी गुफा, मिल्के, सुकेबजार लगायतका सडक तथा डाँडाकाँडा भरिभराउ हुने गरेका छन् । यस क्षेत्रमा बाक्लो हिउँ परेपछि स्थानीय पर्यटन तथा होटल व्यवसायीहरू निकै उत्साहित देखिएका छन् । जिल्लामा एक्कासि बढेको हिउँ पर्यटनका कारण होटलहरू अत्यधिक व्यस्त भएका सुके बजारका फुटी शेर्पाले बताए । सडकदेखि डाँडापाखा र जंगलसम्म नै आन्तरिक पर्यटकको चहलपहल देखेर होटल व्यवसायमा केही उत्साहित भएको उनले बताए । हिउँ खेल्न र हेर्न आउनेहरूका कारण यहाँका होटल तथा लजहरू भरिभराउ भएको वसन्तपुरमा रहेको ताप्लेजुङ्ग होटलकी छिरीङ शेर्पाले बताईन् ।

hiu kheldai yoba copy