धरान/  ह्वाइट हाउस धरानका विद्यार्थीहरूले नेपाललाई चीनमा चिनाउने अभियान थालेका छन् ।

चीनको सानियामा अध्ययरत विद्यार्थीहरूले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपाललाई चिनाउन थालेका हुन् । उनीहरूले भ्रमण वर्ष २०२० लेखेको ब्यानरसहित सानियाका विभिन्न भागमा पुगेर चिनियाँ नागरिकहरूलाई जानकारी गराइरहेका हुन् ।

त्यहाँका नागरिकहरूलाई भ्रमण वर्ष अङ्कित ब्याच समेत लगाइदिएका थिए । उनीहरूले भ्रमण गर्नका लागि त्यहाँका नागरिकहरूलाई आग्रह गरेका छन् । सानिया विश्व पर्यटनको लागि प्रमुख गन्तव्य स्थलको रूपमा रहेको छ । चीनमा नेपालको भ्रमण वर्षको बारेमा प्रचार गर्न पाउँदा आफूलाई एकदमै खुशी लागेको ह्वाइट हाउसका विद्यार्थी कुशल श्रेष्ठले जानकारी दिए ।

2 1