काठमाडौं । मकवानपुरमा ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ  ।

एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ४ पुरुष र ४ महिला भारतीय पर्यटकको मृत्यु  भएकाे हाे । मृत्यु हुनेको सनाखत भइसकेको छैन ।

होटलमा बेहोस अवस्थामा भेटेपछि हेलिकोप्टरमार्फत उद्दार गरेर हेम्स अस्पताल काठमाडौं लगिएकाेमा उपचारका क्रममा उनिहरूकाे मृत्यु  भएकाे जनाइएकाे छ ।

१५ जनाको समूह भारतको केरलाबाट नेपाल घुम्न उनिहरू मध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष गरी ८ जना एउटै कोठामा सुतेकामा मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए ।

कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरेका भएपनी मृत्युको कारण खुलेकाे छैन । पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको महानगरीय प्रहरी वृत्तले जनाएकाे छ ।