धरान / धरानलाई धर्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिदैं आएको छ । धरान–१४ स्थित पिण्डेश्वर, दन्तकाली, बुढासुब्वा, पाँचकन्या मन्दिर र धान–२० स्थित विष्णुपादुकाले धरानलाई धार्मिक गन्तव्यको रुपमा चिनाएको छ ।

सरकारले सूचिकृत गरेको एक सय गन्तव्यमा धरान पनि गरेको छ । धरानमा थप गन्तव्यका लागि विश्व हिन्दु परिषद् नेपालले विश्वकै अग्लो अष्टधातुको त्रिशुल निर्माण गर्ने भएको छ । सोमबार धरान–२० स्थित कार्की छापमा त्रिसुल निर्माणका लागि प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले भूमी पूजा तथा शिलान्यास गरे । पुजा गदैं प्रदेश प्रमुख अधिकारीले धरान त्यसै सुन्दर छ । त्रिशुल निर्माणले झन सुन्दरता थपिने भएकाले सबै मिलेर यस कामलाई पुरा गर्न सुझाव दिए ।

स्थानीय तथा दाताहरुको सहयोगमा निर्माण गर्न लागिएको त्रिसुलको प्रतिमा निर्माण स्थलका लागि १ विगाह जग्गा व्यवस्थापन गरिएको परिषदका अध्यक्ष देवराज अधिकारीले जानकारी दिए । ९० फिट उचाईको त्रिसुलसँगै परिसर भित्र १२ वट ज्योती लिङ्ग, १०८ शिवलिङ, १०८ पानीका धारा र विभिन्न जातीय पचिान झल्काउने धार्मिक स्मारकहरु निर्माण गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । करिव ५ करोड लागत लाग्ने उक्त परियोजनाको डिपिआरसमेत भइसकेको बताइएको छ ।

धरानका बुढासुब्वा, दन्तकाली, पिण्डेश्वर मन्दिर आउने धार्मिक पर्यटकहरुलाई थप घुम्न लागयकस्थलको रुपमा कार्कीछाप बनाउने तयारीका साथ त्रिशुलको प्रतिमा निर्माणको योजना अघि सारिएको परिषदका अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा धरान उपमहानगरका वडा नं. २० वडा अध्यक्ष मणिराज राईले वडाको ३ लाख बजेट त्रिशुल निर्माणमा अर्को बर्ष छुट्याउने बताए । नेपाल दाङमा ५६ फिट अग्लो त्रिसुल निर्माण गरिएको छ । यहाँ निर्माण गर्न लागिएको त्रिसुल विश्वकै अग्लो हुने अध्यक्ष अधिकारीले दावी गदैं आएका छन् ।