धरान / नेकपा धरान उपमहानगरपालिका कमिटीले धरान उपमहानगरपालिकालाई आज कोरोना महामारी नियन्त्रणको पूर्व तयारीका लागि १८बुँदे सुझावसहित आज ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेकपा धरान इञ्चार्च चोत्लुङको नेतृत्वमा गएको टोलीले मेयर तिलक राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो । लकडाउनलाई प्रभावकारी बनाउन भूमिका खेल्नु पर्ने, विपन्न बर्गालाई राहत वितरण गर्दा एक द्वार प्रणाली बनाउनु पर्ने, स्थानीय उपभोत्ताहरुलाई आवश्यक उपभोग्य बस्तुलाई सहज बनाउन माग गरिएको छ ।
अध्यक्ष नारायण सुवेदी र सचिव सुदृशन श्रेष्ठले सयुक्तबmुझाएको ध्यानाकर्षण पत्रमा संकटको समयमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कमर्चारी, सुरक्षाकर्मी, सरसफाई मजदुर, पत्रकारलाई विषेश ख्याल गरी कोरोना भाईरस ग बच्ने सुरक्षा संग सम्बन्धीत सम्पूर्ण बन्दोबस्तीका सामाग्रीहरु उपलब्ध गराउन र स्वास्थ्यकर्मी र सुरक्षाकमीहरुका हकमा विषेश सेवा सुविधा वृद्धि गर्दै जीवनरक्षाका निम्ती व्यवस्थापन गनैमाग गरिएको छ । धरानवासी एदोगी व्यवसायी, पर्यटन व्यवसायीहरुको बैक व्याज सैलियत गर्न पहल गर्नसमेत भनिएको छ । स्थानीय सरकारले लिने करसमेत छुटको व्यवस्थापन गर्न माग गरिएको छ ।

  • ध्यानाकर्षण पत्र जस्ताको तस्तै

नेकपा धरानद्वारा धरान उपमहानगरपालिकालाई राहत घाेषणा गर्न ध्यानाकर्षण.... श्रीमान प्रमुख ज्यू
धरान उपमहानगरपालिका, सुनसरी

विषयः ध्यानाकर्षण गराईएको बारे ।

आज मुलुक विश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस covid-19 को संक्रमणको त्रासबाट  गुर्जिरहेको छ । डव्लुएचअाैका अनुसार काेराेनाकाे अत्यन्तै ठूलो जोखिम रहेको हाम्राे मुलुकमा यस प्रकारको संक्रमणलाई रोक्नु कम चुनौती छन तसर्थ मानव सभ्यता तथा सबै प्रकारका वैज्ञानिक आविश्कारलाई चुनौति दिदै फैलिरहेको कोभिड १९ कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारका सबै तहबाट चालिएका प्रभावकारी कदम प्रति ऐक्यवद्धता सहित पूर्ण सहयोगको प्रतिवद्धता जाहेर गर्दछौं । कोभिड १९ कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले चालेका कदम सँग सँगै आम जनजीवन स्वभाविक रुपमा कष्टकर वन्दै गएको छ । अतः आगामी दिनमा संक्रमण नियन्त्रणका लागि साथै अन्य व्यवस्थापकीय क्षेत्रमा तपसील वमोजिमका कार्यहरु गर्न तथा यस विपतबाट आम धरानबासीलाई परेको समस्यालाई राहत प्रदान गर्न तपसिल अनुसार राहतको कार्यक्रम ल्याउन धरान उपमहानगरपालिकालाई जोडदार माग गर्दछौ ।
.१. नेपाल सरकारले आह्वान गरेको लकडाउन थप प्रभावकारी वनाउनका लागि धरान प्रवेश गर्ने सबै नाकाहरुलाई पूर्ण रुपमा वन्द गर्ने व्यवस्था मिलाईयोस । साथै धरान का भित्रि भागहरुमा समेत प्रभावकारी कार्यान्वयनका लागि नागरीक आह्वान तथा सुरक्षा अनुगमन वृद्धि गरियोस ।
२. उप महानगरका पहाडी वडा हरु वडा नं. ४, २०, तथा ५ र ६ नं वडाका पहाडी क्षेत्रमा वजार क्षेत्रबाट बाक्लो आवागमन र मनोरञ्नका लागि समेत भीडभाड वढेको पाईएकोले ति क्षेत्रमा आवत जावत गर्ने नाकाहरुमा विशेष सुरक्षा टोली द्धारा आवत जावत रोक लगाईयोस् ।
३. राहत संकलन र वितरणमा कतिपय निर्वाचित वडाध्यक्ष लगायत विभिन्न ब्यक्ति समूहबाट व्यक्तिगत वितरण गरेको भनि सामाजिक सञ्जालमा समाचार, तस्विर र भिडियोहरु जोडतोडका साथ प्रचार प्रचार गरीएको छ । यो समय ब्यक्तीगत प्रचारबाजीको समय हैन त्यसैले नेपाल सरकारले निर्माण गरेको संयन्त्र मार्फत संस्थागत रुपमा प्रभावकारी तथा दीर्घकालीन व्यवस्थापनका साथ एकद्धार प्रणालीबाट राहत संकलन गरी सम्बन्धीत वडा कार्यालय मार्फत मात्र वितरण गर्नै व्यवस्था मिलाईयोस ।
४. वडा समितिहरुले टोलको प्रतिनिधित्व हुने गरी सहयोग समूहहरु वनाई आपूर्ति व्यवस्था सहज वनाउने स्वयंसेवि अभियानको संयोजन गर्ने र नेपाल सरकारको लकडान लाइ मध्यनजर गरी सामाजिक दूरी कायम गरी ब्यवस्थित ढंगल राहत वितरण गरियोस ।
५. राहत वितरणका लागि कार्यविधि निर्माण गरी अति विपन्न परिवार, दैनिक ज्यालादारी मजदुरहरुको पहिचान गरी त्यस्ता परिवारलाई उच्च प्राथमिकतामा राखि तत्कालै राहत वितरणकोे व्यवस्था मिलाईयोस ।
६. अत्यावश्यक खाद्यान्न, तरकारी, ग्याँस जस्ता वस्तुहरुको सहज वितरणका लागि सम्बन्धित क्षेत्रका थोक विक्रेता साथै उद्योग वाणिज्य संघ, कृषि उपज बजार ब्यवस्थापन समिति लगायत सरोकारवाल प्रतिनिधीहरु संग समन्वय गरी सहज आपुर्तिको व्यवस्था मिलाईयोस ।
७. उप महानगरपालिकामा कारोना हेल्प डेस्क स्थापना गरी टोल फ्री नम्बरको समेत व्यवस्था तत्काल गरीयोस ।
८. उपमहानगर पालिकाले प्रत्येक दिन वेलुकी दिन भरी गरेका व्यवस्थापकीय काम तथा नगरको स्वास्थ्य व्यवस्थाका वारे आधिकारीक सूचना सम्प्रेषणको व्यवस्था मिलाईयोस ।
९. लक डाउनको समयमा वन क्षेत्र प्रवेश गरी वन पैदावर चोरी गर्ने क्रम वढेकोले ती क्षेत्रमा सुरक्षा निकायबाट अनुगमन गरी कडा कार्वाहीको व्यवस्था गरीयोस ।
१०. धरान उपमहानगरपालिकाले स्थापना र घोषणा गरेको कोरोना विपद व्यवस्थापन कोष लाई सार्वजनिक गरी सहयोगका लागि सार्वजनिक आह्वान गरीयोस । साथै उक्त कोष संयोजन एवं परिचालनका लागि सर्वदलिय सर्वपक्षिय कोष परिचालन संयोजन समिति निर्माण गरियोस ।
११. विपदका समयमा जनता तथा व्यवसायिहरुलाई लाई प्रत्यक्ष राहत पुग्ने प्रकारका कार्यक्रम घोषणा गरियोस यस अन्र्तगत धरानवासीलाई प्रत्यक्ष राहत हुने गरी धरान उपमहानगरपालिकाले आ.ब.२०७६/७७ मा लिईने विभिन्न शिर्षकका करहरु जस्तैः घरजग्गा तथा संम्पती कर, घरधुरी कर, बहाल कर, ब्यवसाय कर, सवारी कर, वारुणयन्त्र सरसफाई सेवाशुल्क, सडकबत्ती तथा पूर्वाधार शुल्कमा एक वर्षमा हुन आउने करको रकममा २ महिनाको विषेश छुट तथा मिन्हा गर्ने गराउन ब्यवस्था मिलाईयोस ।साथै खानेपानीकाे २ महिनाकाे न्युनतम शुल्क छुट गरियाेस।
१२. वी.पी.कोईराला स्वा.विज्ञान प्रतिष्ठान साथै निजी हस्पिटलहरुमा अनिवार्य विरामीहरुको सहजरुपमा स्वास्थ्य परीक्षण साथै उपचार व्यवस्था मिलाउने ब्यवस्था गरियोस ।

१३‍ . हस्पिटलमा उपचारार्थ विरामी, कुरुवा साथै दैनिक ज्यालादारी सडक मजदुरलाई दैनिक खाना र खाजाको प्रवन्ध गरियोस ।
१४‍ . नेपाल सरकारको निर्०ायानुसार पुर्वको वी.पी.क्याप धरानमा कोरोना संक्रमितहरुको परिक्षण गर्ने ब्यवस्था भएको हु्दा पूर्वक्षत्रबाट स्वाबलगायतका परिक्षण गर्दा स्वाबको मात्र सेम्पल लिई परिक्षण गरी सेवा पुर्याउने तर्फ पहल कदमी गरियोस ।
१५. नेपाल सरकारको निर्णयानुसार भएको लकडाउनले धरानको उद्योग ब्यापार ब्यवसाय लगायत विभिन्न क्षेत्रमा पर्न गएको असहज परिस्थीतलाई ख्याल गर्दै धरानबासीलाई सहज आपुर्ति ब्यवस्था मिलाउदै लकडाउनलाई थप प्रभावकारी बनाउन धरान उपमहानगरले घरघरमा आवश्यक दैनिक उपभोग्य सामाग्रीहरु पुर्र्याउने ब्यवस्थाका लागी उद्योग वाणिज्य संघ, कृषिउपज बजार र सरोकारवालाहरु संग छलफल गरी सुझावका आधारम कार्यान्वयन गर्ने ब्यवस्था मिलाईयोस ।
१६. नेपाल सरकारले यस विपत्तीको घडीमा बैंक तथा वितिय संस्थाले लिईदै आएको ब्याजदरमा विशेष छुट गरी बैक किस्ता पनि तिन महिना पछी लिने गरी ब्यवस्था मिलाउन विशेषध्यानाकर्षण गर्ने ।
१७. रुग्ण ब्यवसाय क्षेत्रको रुपमा घोषण गर्दै यस धरानको होटल तथा पर्यटन उद्योगहरुलाई विषेश राहत प्याकेज सहितका कार्यक्रमहरुको ब्यवस्था गरियोस ।
१८. यस संकटको समयमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कमर्चारी, सुरक्षाकर्मी, सरसफाई मजदुर, पत्रकारलाई विषेश ख्याल गरी कोरोना भाईरस संग बच्ने सुरक्षा संग सम्बन्धीत सम्पूर्ण बन्दोबस्तीका सामाग्रीहरु उपलब्ध गराउन र स्वास्थ्यकर्मी र सुरक्षाकमीहरुका हकमा विषेश सेवा सुविधा वृद्धि गर्दै जिवनरक्षाका निम्ती नेपाल सरकारले याथाशिघ्र आवश्यक ब्यवस्था मिलाउन र नपाले समेत आवश्यक पहल गरियोस ।
अन्तमा, कोभिड १९ को नियन्त्रणका लागी अहोरात्र खटिई रहनु हुने सम्पुर्ण सुरक्षाकर्मीहरु डाक्टार, नर्स लगायत सम्पुर्ण स्वास्थ्यकर्मीहरु जनप्रतिनिधी तथा कर्मचारीहरु पत्रकार नागरिक समाज, उद्योगी ब्यवसायी लगायत सरसफाई मजदुरहरु र आम नगरवासीहरु प्रति हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दछौं ।

क्रन्तिकारी अभिवादन सहित ।

क.नारायण सुवेदी,  अध्यक्ष 

क.सुदर्शन श्रेष्ठ, सचिव
नेकपा धरान उपमहानगरपालिका कमिटी