धरान । कोरोनाभाइरसको संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्री मोहम्मद जिब्रिलको निधन भएको छ ।

उनी ६८ वर्षीय थिए । उनलाई २६ मार्चमा कोरोना भाइरसले संक्रमण गरेको पुष्टि भएको थियो । संक्रमणबाट पुष्टि भएपछि उनी इजिप्टको राजधानी कायरोमा क्वारेन्टाइनमा बस्दै आएका थिए ।

क्वारेन्टाइनमै उनको निधन भएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनी सन् २०११ म लिवियामा गृहयुद्ध भएको समय साढे ७ महिना अन्तरिम प्रधानमन्त्री भएका थिए । कोरोनाका कारण हालसम्म ६७ हजार ९ सय २७ जनाको ज्यान गइसकेको छ भने १० लाख भन्दा बढीमा संक्रमण भएको पुष्टि भइसकेको छ ।

अहिले सबैभन्दा बढी अमेरिकामा कोरोनाबाट संक्रमित बिरामी रहेका छन् भने मृत्युदरका हिसाबमा सबैभन्दा बढी इटालीमा रहेको छ । नेपालमा कोरोनाबाट ९ जना संक्रमित भएकोमध्ये एक जनाको निको भएर घर फर्किसकेका छन् । नेपालमा पहिलो पटक समुदाय स्तरमा कोरोनाको पोजेटिभ भेटिएको छ ।