चरासम्बन्धी वेभ साइट avibase.jsp का अनुसार स्वोर्ड हमिङ बर्डको चुच्चो झण्डै उसको जीउजत्तिकै लामो देखिन्छ । यसको चुच्चोको लम्बाइ साढे १० सेन्टीमिटर हुन्छ र जीउको लम्बाइ चाहिँ साढे १३ सेमी । तर, सबैभन्दा लामो चुच्चो हुने चरो अर्कै छ, त्यहो हो अष्टे«लियन पेलिकन । यसको चुच्चोको लम्बाइ ४७ सेमी हुन्छ ।
लामो समयको अध्ययनपछि चरासम्बन्धी केही तथ्यहरु पत्ता लागेका छन् । जसअनुसार एउटा पानीहाँसको शरीरमा २५ हजार २ सय १६ वटा प्वाँख हुन्छन् भने भँगेराको शरीरमा ३ हजारवटा । त्यसैगरी सबैभन्दा थोरै प्वाँख हुने चरो रुबी थ्रोटेड हुमिङ बर्ड हो । यसको शरीरमा ९ सय ४० वटा मात्र प्वाँख भएको पाइएको छ ।
चराको अण्डासम्बन्धी पनि आश्चर्यजनक तथ्यहरु फेला परेका छन् । लोप भइसकेको एपिओर्निस म्याक्सिमसको अण्डा सबैभन्दा ठूलो हो । यसको अण्डामा ९ लिटर तरल पदार्थ हुन्थ्यो । अहिलेको सबैभन्दा ठूलो मानिएको अष्ट्रिजको अण्डाभन्दा त्यो ७ गुणा र कुखुराको भन्दा १ सय ८० गुणा ठूलो हुन्थ्यो ।
कतिपय चराचुरुङ्गी लाखभन्दा बढी छ । संसारमा एउटा मात्र यस्तो चरो छ जुन सर्प ( भ्यागुताजस्तो शीत निद्रामा जान्छ । जाडोका महिनामा गोप्य र न्यानो ठाउँमा लुकी बस्छ । उड्न सक्दैन । उसको जीउको तापक्रम ४१० डिग्रीबाट त्यतिबेला १३० डिग्री सेन्टीग्रेडमा झर्छ ।
नेपाललाई चराको बगैंचा मानिन्छ । जैविक विविधतामा अग्रणी स्थानमा रहेको नेपालको पहिचान राख्न चराले पनि सहयोग गरेका छन् । कोशी टप्पुमा त झन् हिउँदमा साइबेरिया (रुस) का चराहरु खानेकुराको खोजीमा आई फागुनभर यहीँ बस्छन् । कोशी टप्पुमा चरा आउने क्रम शुरु भइसकेको छ ।