धरान । चीनको सेनाले भारतको पूर्वोत्तर प्रदेश अरुणाञ्चलको सुबनसरी जिल्लाका एक युवालाई अपहरण गरेको खबर सार्वजनिक गरेको छ ।

भारतीय मिडिया आउटलुकका अनुसार सुबनसरी जिल्लाको असापिरा सेक्टरका २१ वर्षीय युवक तोगले सिङ्घकामको अपहरण गरेको हो । एक महिनाअगि गरिएको अपहरणपछि हालसम्म ती युवाको अवस्थाबारे अज्ञात रहेको छ । सिङ्घकामको परिवारले २३ मार्चमा प्रहरीमा उजुरी गरेको थियो । अरुणाञ्चल प्रदेशका प्रहरी महानिरीक्षक चुखु आपाका अनुसार मार्च १९ गते यो घटना भएको जानकारी दिए । हालसम्म पनि ती युवाको अवस्था अज्ञात रहेको छ ।

चीनको पिपुल्स लिवरेसन आर्मीले ती युवकलाई अपरहण गरेको हो । अपरहण गर्नुपर्ने कारण पनि हालसम्म खुलेको छैन । यसविषयमा महानिरीक्षक आपाले घटनाको विषयमा केन्द्रीय सरकारलाई पत्रमार्फत् जानकारी गराइसकिएको छ ।