धरान । नबिल बैंकले कोभिड १९ महामारीलाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई विद्युतीय प्रणालीमा कारोबार गर्न सकिने गरी सुविधा ल्याएको छ ।
जसको नाम ‘नबिल जेन–एन अकाउण्ट’ राखिएको छ । बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै सरल बैंकिङ्कका लागि यस्तो सेवा ल्याएको जनाएको छ । घरमै बसेर खाता खोल्न सकिने, र आकर्षण ब्याज प्राप्त गर्ने सुविधा रहेको बचत खाता रहेको विज्ञप्तिमा उल्लेख छ । यसमा मोबाइल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, अनलाइन ट्रान्जिक्सन, डेबिट कार्ड, क्रेडिट कार्डको सेवा प्राप्त गर्ने छन् भने साथमा एनटिसी÷एनसेलको २ जिबी डाटा प्याकेज निःशुल्क प्रदान गरिएको छ ।
बैंकले ग्राहकलाई निःशुल्क स्वास्थ्य बिमासमेत गरिदिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,–‘यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा केही आर्थिक सहयोग समयमै पु¥याउने उद्देश्यले आफ्नो बचतकर्ताको सुरक्षणसहित बैंकले १३ प्राणघातक रोग तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गरिएको छ ।’ नयाँ खाता १८ वर्षमाथि पुगेको नेपाली नागरिकले खोल्न सक्ने व्यवस्था मिलाइएको छ । बैंकको हालसम्म ११८ वटा शाखा, १७५ वटा एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन् ।