धरान  / विहीबार राती सुनसरीको देवानगञ्जमा नेपाल प्रहरीमाथि अपराधिक समुहले आक्रमण गरेका थिए । पाँच जनाको समुहमा भारतीय नं. प्लेटको मोटरसाइकलमा आएका हतियारधारी समुहल प्रहरी गस्ती टोलीलाई आक्रमण गरेको थियो । आक्रमणको प्रतिकार गर्दा प्रहरीले गोली चलाएको थियो । तीन जना हतियारसहित प्रहरीले निइनत्रणमा लिएको छ । उनीहरुको धरानस्थित वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।

त्यसको भोली पल्ट शुक्रबार सुनसरीकै हरिनगरा–७ स्थित घुस्कीमा सशस्त्र प्रहरीको गस्ती टोलीलाई आक्रमण गरेका थिए । प्रहरीको गोली लागि एक जना घाइते भए । गोली लागेर स्थानीय हरिनगर गाउँपालिका ७ घुस्कीका २० वर्षीय सुवाद अन्सारी घाइते भएका थिए । युवाहरुले कुटपिट गर्दा ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान जीवराज बिसंखेसमेत घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अन्सारीको धरानमा उपचार भइरहेको छ ।

यता झापामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको छ । गएराति साढे ११ बजे गौरीगन्ज– ५ फत्तेपुरस्थित ढाक्राखोलामा झडप भएको हो ।

गस्तीमा गएको सशस्त्र प्रहरीको ६ जनाको टोलीमाथि ४०–५० को संख्यामा रहेका भारतीय नागरिक घरेलु हतियारसहित आक्रमणमा आएपछि आत्मरक्षाका लागि हवाई फायर गर्नुपरेको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । झडपमा सशस्त्र प्रहरीका ६ जना जवान घाइते भएको उनले जानकारी दिए । एकजना भारतीय नागरिक घाइते भएको बताइएको छ । घाइते भएका ६ जना सशस्त्र प्रहरीको अवस्था अहिले सामान्य छ ।

सिमानामा प्रहरीले कडाई गरे पछि भारतीय नागरिकसँग मिलेर तस्करी गर्नेहरुलाई समस्या परे पछि पछिल्लो समय सुरक्षाकर्मीसँग झडपको घट्ना बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापा बताउछन् । सिमा क्षेत्रमा झडपका घट्ना नहोस भनेर थप सुरक्षाकर्मी परिचालन गरिएको एसपी थापाले बताए ।