धरान धरान–४ तल्लो भालुखोलाकी १३ वर्षीया बालिका ममता राईको आत्महत्या दुरुत्साहनकोआरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
उनकाे आत्म हत्यामा  बालिकाको बाजेको घरमा डेरा गरि बस्ने सरिता राईको भूमिका रहेको भन्दैं जाहेरी परे पछि आइतबार साँझ इलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो । बालिकाका बुबाले दुई दिन अघि जाहेरी दिएकाले पक्राउ गरिउकाे इलाका प्रहरी कार्यालयधरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

गत साउन २७ गते बिहान बाख्राको खोरमा झुण्डिएको अवस्थामा ममतालाई आफन्तले फेला पारेका थिए । हात टेकेको र खुट्टा भने खोरको टाँडमा रहेको साथै घोप्टो परेर सुतेको अवस्थामा बालिका भेटिएकी थिइन् ।

हात पनि टेकेको थियो, खुट्टा टाँडमा लम्पसार परेको थियो, भ्यागुता बसेको अवस्थामा रहेकाले घट्ना शंकास्पद लागेको छेमाको छोरा सञ्जोग बताउदैं आएका थिए ।

पोष्ट माटृम रिर्पोटमा झुण्डिएको कारणले नै मृत्यु भएको भन्ने आए पछि स्थानीय वाल सञ्चालका बालबालिकाहरुले दवाव दिएका थिए । धरान नगर बाल सञ्जाल र नेपाल यातायात स्वातनत्रा मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाको समन्वयमा जाहेरी दिएको थियाे । 

यसरी भएको थियो घट्ना
पैसा कमाउने सपना पालेकी हिम्मती बालिका ममताको मृत्युबारे गाउँघरमा भवितव्य नभई कर्तव्य नै भएको भन्ने बहस चल्दै आएको छ । मृत्यु हुनुअघिको रात बालिकामाथि डेरा गरी बस्ने सरिता राईले ‘टिभीको रिमोट बिगारिदिएको’ विषयमा विवाद हुँदा एक थप्पड लगाइदिएकी थिइन् । बालिका आफ्नो घरभन्दा २० मिनेटमाथि आफन्त बाजे वीर्तबहादुर राईको घरमा विगत ६ महिनादेखि बस्दै आएकी थिइन् ।

‘कसले चलाएर बिगारेछ भनेर भन्दा भाडावालको ६ वर्षीया छोरीले भन्ने भयो, त्यसैमा विवाद हुँदा भाडावाल्नीले एक थप्पड हिर्काइदिएछ । । अनि मैले भाडावाललाई पनि निक्लिहाल भनेर खेदाइदिएँ ।’–वीर्तबहादुरले भने ।
यता कुटपिटमा संलग्न भाडावाल अञ्जुले आफ्नो छोरी श्रीमानग शिवजट्टाको घरमा गएर साँझको ७ बजेमात्रै फर्किएकाले छोरीले बिगारेको होइन भन्दा पनि आफ्नै छोरीमाथि आरोप लगाएपछि कुटिदिएको स्वीकारेकी थिइन ।

तर, त्यसपछि घरवालाले निस्किहाल भनेर हपारेका कारणले आफूहरू घर छाडेर गएकाले अन्य विषयमा केही थाहा नभएको र भोलिपल्ट ८ बजे मात्रै घटनाबारे थाहा पाएको बताइन् । उनको एउटा चप्पल चाही बाटोमा भेटिएकाले घट्नालाई प्रहरीले पनि विभिन्न कोणबाट अध्ययन गरिरहेको थियो ।

मृतक बालिका धरान–१३ को अमर आधारभूत प्राविमा कक्षा ४ मा अध्ययनरत थिइन् । उनी घरकी काइँली सन्तान हुन् । उनका दुई दिदीहरूको बिहे भइसकेको छ । उनकी आमा मनु राईको पनि चैत २४ गते विष सेवन गरी मृत्यु भएको थियो । धरान नगर बाल सञ्जालको अगुवाईमा प्रहरीमा दुरुत्साहान जाहेरी परेको हो । हिजाे जिल्लाअदालत सनुसरीबाट पक्राउ अादेश लिएर साँझ पक्राउ गरि अनुसन्धान थालिएकाे डिएसपी बस्नेतले जानकारी दिए ।