खोटाङ/खोटाङको ऐसेलुखर्क गाउँपालिका-४ का १२ बर्षीय शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ ।

गत १२ गते राती घर नजिकै बारीमा बाँदर लखेट्न पड्काएको भरुवा बन्दुकको छर्राले लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको हाे ।

खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले बन्दुक पड्काउने स्थानीय २३ बर्षीय मनकाजी तामाङलाई पक्राउ गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको १नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।