धरान । धरानमा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
प्रहरीले बालिका बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका–८ बस्ने सुवास भन्ने ३६ वर्षीय भोजकुमार लिम्बुलाई पक्राउ गरेको छ ।
लिम्बुले ती बालिकालाई गत आइतबार जबरजस्ती करणी गरेको जानकारी पाएपछि बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।