ब्लाष्टखबर । इलाका प्रहरी कार्यलय धरानमा रहेका एक थुनुवालाई काेराेना संक्रमण पुष्टि भएकाे छ ।
हातहतियार तथा बम विष्पाेट मुद्दामा थुनुवा रहेका दैलेखका ४८ वर्षीय पुरूषमा काेराेना संक्रमण देखिएकाे इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् ।
संक्रमित थुनुवाले एक वर्ष अघि बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हाता भित्र रहेकाे दिल्ली पव्लिक स्कुलकाे गेटमा बम बिष्पाेट गराएकाे अभियाेगमा चितवनबाट पक्राउ गरी मुद्दा चलाउन १९ गते धरान ल्याइएकाे डिएसपी बस्नेतले बताए । उनकाे प्रतिष्ठानकाे हेल्थ डेक्समा आइतबार स्वाब संकलन गरिएकाेमा आज रिपाेर्ट पाेजेटिभ देखएकाे डिएसपी बस्नेतले बताए ।
