विजयपुर / कोशी गाउँपालिका वडा नं. ३ का ३९ वर्षिय हुसेन मन्सुरीलाई ठुलो मात्रामा लागु औषधसहित प्रहरीले बुधबार पक्राउ गरेको छ ।

उनलाई इलका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालयबाट खटिएर गएको संयुक्त टोलीले प्रकाउ गरेको हो । उनलाई कोशी गाउपालिका वडा नं.३ पूर्व पश्चिम राजमार्ग सडक खण्डको नहरचोकबाट पक्राउ गरेको थियो । बाटोमा हिँडिरहेको बेला सङ्का लागेर अनुसान्धान गर्दा लागु औषध भेटिएकाले पक्राउ गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

उनको साथबाट डाइलेक्स डिसी १ सय मिलिलिटरको ५० बोतल, स्पस्मोप्रोक्सिभन १२ पत्ता, निट्राभेट–१० २५ पत्ता फेला परेको थियो । उनलाई अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले वताएको छ ।