ब्लाष्टखबर ।  उर्लाबारीमा होटल संञ्चालकसंग झगडा हुँदा घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

गत आइतबार उर्लाबारी ७ स्थित युनिक होटल अगाडी संञ्चालक गोपाल तामाङ र भारत घर भई सोहि ठाउँमा डेरा गरि बस्ने शुसिल मल्लिक विच झगडा हुँदा सडक लड्दा मल्लिक घाइते बनोका थिए ।

घाइते मल्लिकको उपचारको क्रममा आज बिहान भातको सिलिगुडी स्थित नर्थ बेङ्गल मेडिकलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पिच सडकमा लडी टाउकोमा गम्भिर चोट लागेका मल्लिकको तत्काल उपचारकालागी उर्लाबारीकै गदावारी अस्पताल लगिएको भएपनि त्यँहा उपचार सम्भव नभएपछि सिलिगुडी लगिएको थियो ।

उपचारको क्रममा मल्लिको शव पोष्टमार्टमकोलागी नेपाल लाउने तैयारी भइरहको कार्यालयले जनाएको छ । घटना लगात्तै होटक संञ्चालक तामाङलाई उर्ताबारी प्रहरीले नियन्त्रण्मा लिई थप अनुसन्धान भइरको उक्त कार्यालयले जनाएको छ ।