सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.३ राघोपुरमा रहेका श्री आधारभुत विधालय राघोपुरमा नव निर्माण हुन लागेको दुई कोठे भवन अज्ञात व्यक्तिहरुले तोडफोड गरेको छ ।
गएराति खगेश्वर गोहिबार यादव नेतृत्वमा आएका समूहले बन्दै गरेको दुई कोठे भवनलाई भत्काईदिएको विद्यालयका प्रधानाध्यापक देवशंकर यादवले आरोप लगाएको छ । भवन भत्काएपछि भौतिक सामाग्रीहरु विद्यालय चौरमा छरपस्ट अवस्थामा छ । विद्यालयमा तोडफोड गर्ने समूहको खोज तलास गरी कडा कार्वाही गर्नुपर्ने माग स्थानीयहरुको रहेकोछ ।
केही दिनअघि देखिको विद्यालय व्यवस्थापन समितिको आपसी विवादका कारण भवन भत्काइएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको छानविन भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जनाइएको छ । मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले विद्यालय क्षेत्रमा भएको घटनाप्रति घोर भत्र्सना गर्दै दोषीलाई कडा कार्वाहीको दिशामा आफू अगाडि बढ्ने बताए ।
शिक्षा मन्त्रालय अन्तर्गत सशर्त बजेट अन्तर्गत मिर्चैया नगरपालिकाको शिक्षा शााखाको करिव १६ लाखको लागतमा उक्त दुई कोठे भवन निर्माण भइरहेको थियो । भवन भत्तकिएपछि विद्यार्थीहरु त्रासले विद्यालय नआएको विद्यालयका प्रअ यादवले सुनाए ।