सुनसरी ।  धरानबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । 

धरान १ पुरानाे बजारबाट विशेष सुराककाे आधारमा गयराती ९ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराईलाई पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

नियन्त्रणमा लिएका उनिहरूकाे काेठा खानतलासी गर्दा लुकाएर राखेकाे अवस्थामा लागुऔषध  २० बोतल डाइलेक्सडिसी, ३०६ क्याप्सुल स्पामो टोक्सिभन , ४ क्याप्सुल नाईट्रोजन र  नगद ९७ हजार फेला पारेकाे उक्त कार्यालयले जनाएकाे छ ।

पक्राउ परेका दुबै जना सोही स्थानमा कोठा भाँडा लिएर बस्दै आएको खुल्न आएको छ । उनिहरु माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको कार्यालयले जनाएकाे छ ।