संखुवासभा । संखुवासभामा प्रहरीले ६ सय ११ बोट फाँडेको छ । जिल्ला प्रहरी कार्यालय सङ्वासभाबाट खटीएको प्रहरी टोलीले खाँदबारी नगरपालिका ५ माल्टाका ६ सय ११ गाँजाको बोट नष्ट गरेको छ ।

माल्टाको विभिन्न ठाँउमा आफै उम्रिएको गााँजा प्रहरी निरीक्षक जीवन कुमार गौतम सहितको टोलीले नष्ट गरेको हो । गाँजा भएको स्थानहरुको थप पहिचान गरि फडानी कार्यलाई सक्रिय बनाउन सवै मातहत तथा इकाईलाई निर्देशन दिएको छ ।

दिनदिनै गाँजा सेवन गर्ने मानिसहरुको संख्या बढ्दै गएको र यसको कुलतबाट समाजमा बिभिन्न किसिमका जघन्य तथा सामाजिक अपराधहरु हुनसक्ने भएको हुँदा फडानी कार्यलाई तिव्रता दिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले विशेष प्रहरी टोली समेत परिचालन गरी गाँजा सेवन गर्नेहरुको पहिचान र बिक्रि वितरण तथा उत्पादन हुने स्थानहरुको खोजी कार्यलाई समेत तीव्रता दिईएको छ ।