झापा । आफ्नै पत्नी हत्या गरेको आरोपमा झापा कमल गाउँपालिका–२ त्रिवेणीचोकका रामजी थापा पक्राउ परेका छन् ।
उनीमाथि पत्नी रीता थापालाई हत्या गरेको आरोप छ । ३४ वर्षीय राजजीले पत्नी रीतालाई शनिबार साँझ पौने ६ बजे हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुई बीच घरायसी विषयमा विवाद हुँदा रामजीले घाँटीमा खुकुरीले प्रहार गरेका थिए ।
प्रहारबाट गम्भीर घाइते बनेकी रीताको केही समयपछि नै मृत्यु भएको थियो । रामजीविरुद्ध प्रहरीले कर्तब्य ज्यान मुद्दामा कारबाही अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार रामजीलाई तत्काल पक्राउ गरिएको थियो । हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।