ब्लाष्टखबर । विराटनगरबाट भारत देखि भन्सार छलिगरी ल्याउदै गरेकाे एक लाख भन्दा बढि मुल्यकाे  अवैध कपडा सशस्त्र प्रहरीले  बरामद गरेकाे छ । 

विराटनगर महानगरपालिका–१८ जतुवाबाटबोर्ड आउट पोस्ट रानीको टोलीले ९४ हजार पाँच सय बराबरको २ सय ७० पिस टप्स सेट र सात हजार बराबरको १४ वटा कुर्त सलवार बरामद गरेकाे हाे । उक्त कपडा  भरातबाट नेपाल तर्फ ल्याउदै गर्दा प्रहरीलाई  देखेपछि तस्करीमा संलग्न व्याक्तिहरू फरार रहेकाे प्रहरीले जनाएकाे छ । 

बरामद गरिएका तस्करीका कपडा सशस्त्रले कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।