धरान । झापाको मेचीनगर नगरपालिका–७ मेचीखोलाबट ब्राउनसुगरसहित आइतबार बिहान दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मेचीनगर–७ का राज सुवेदी शर्मा र मेचीनगर–८ का सौगात राई छन् । लागूऔषध ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ४ ग्राम खैरोहिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुवै जना उपर इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट कानुनी कारबाही अगाडि बढाइएको छ ।