भण्टाबारी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीकाबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । 
 भोक्राहा नरसिंह गाउँपालीका ३ स्थित शिवगंजबाट सोमबार दिउँसो सशस्त्र प्रहरीले चेकजाँचको क्रममा उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । 
 को १० प ५२०७ नम्बरको मोटरसाइकलमा भारतबाट प्रतिबन्धित लागूऔषधसहित आएका कोशी गाउँपालीका २ का ४२ वर्षका बिनोद यादव र भारतको बिहार राज्यस्थित अररिया जिल्ला बेला ग्राम पन्चायत ८ बस्ने वर्ष  २३ का संजयकुमार यादवलाई सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट इन्स्पेक्टर अरुण पाण्डे नेतृत्वको टोलिले नियन्त्रणमा लिएको हो ।
 
सशस्त्र प्रहरीले उनीहरूको साथबाट लागुऔषध नाईट्रोजन ५ पत्ता १० एम जि १००  गोली र स्पास्मा हाईड्रोक्वोराईड पी १० एम जी को ८ पत्ता १५१ पिस बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई सशस्त्र प्रहरीले थप अनुसन्धानका लागि नेपाल प्रहरीले जिम्मा लगाएको छ ।