ब्लाष्टखबर । बालुवाटारमा भएकाे अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाकाे केन्द्रीय कमिटि बैठकले नेकपाकाे पार्टी प्रवक्ताकाे रूपमा प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

बैठकले पार्टी प्रवक्ता प्रचण्ड पक्षका नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हाे । त्यस्तै, आजै बस्नलागेकाे प्रचण्ड –नेपाल पक्षका केन्द्रीय कमिटि बैठकले पार्टी अध्यक्ष ओली कारबाही गर्ने औपचारिक निर्णय गर्ने बताइएकाे छ । 

जसमा ओलीलाइ अध्यक्षबाट हटाएपछि रिक्त हुने स्थानमा नेता माधव कुमार नेपाल अध्यक्ष चयन गरिने बताइएकाे छ ।