श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल मङ्सिर ८ गते मङ्गलबार, २४ नोभेम्बर  २०२६, रौद्रनाम संवत्सर। कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि २१:०९ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र कृतिका २५:०९ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि मेष, सूर्योदय ०६:३२ बजे र सूर्यास्त ०५:०६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैलाई हुनेछ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यका लागि आहार-विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले केही समस्या देखापर्नेछ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानी बढाउने काम सुरु हुनेछ। हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुनै नतिजा कमजोर देखिनाले काम दोहोर्‍याउनु पर्ला। ईर्ष्या गर्नेहरूले बाधा पुर्‍याउन सक्छन्।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा केही चुनौतीहरू देखिनेछन् र फजुल खर्च पनि बढ्नेछ। सहयोग गर्नेहरू कमै भेटिनेछन्।