ब्लाष्टखबर । आकस्मिक रूपमा बसेकाे मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न सिफारीस गर्ने भएकाे छ ।
मन्त्रिपरिषद्को बैठक नियमित रूपमा साेमबार बस्दै आएकाे भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक बाेलाएका थिए बैठकले भर्खरै मात्र सम्मपन्न उक्त बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रिय सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले संवोधन गर्ने, थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने लगायतकाे कार्यसूची रहेको छ ।