ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै  भारतसँग मित्रता पूर्ण ढङ्गले मात्र भूमि फिर्ता हुने बताएका छन् ।  उनले सिमानाकाे बारेमा कुरा गर्दैमा भारतसंग सम्बन्ध नबिग्रने बताउँदै  सिमानामा देखिएका समस्याबारे खुलस्त पार्नु पर्ने र देखिएका समस्याहरूमा रिस गरेर मात्र केहि नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले मित्रतापूर्ण ढङ्गले मात्रै भूमि फिर्ता गर्न सहज हुने भएकाले भारतसँगको सम्बन्ध थप सुमधुर बनाउने प्रयास भैरहेकाे पनि बताएका छन् ।