प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाइरहेकाले यसबाटै समृद्ध नेपाल–सुखी नेपालीको आकांक्षा पूरा हुने बताएका छन् । 

नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर रहेको बताउँदै उनले राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको र सुख खुशीसँग जोडिएको बताए । 

वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका छन् ।  

‘सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस्, प्रम ओलीले भने,‘वैद्धिककालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा मनाइँदै छ, जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्छ ।’