ब्लाष्टखबर । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने निर्णय गरेसँगै नेकपाको दाहाल–नेपाल समूहले नै विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेकाे छ ।
साेहि अनुरूप जनता समाजवादी पार्टीका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ नेकपा दाहाल–नेपाल समूहका नेताहरूलाई भेट्न भर्खरै पेरिसडाँडा पुगेका छन्। उनिहरू दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका छन्।
हिजोमात्रै दाहाल–नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर सहकार्यका लागि प्रस्ताव गरेका थिए।