विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–१ टङ्कीसिनवारीमा १ करोड २० लाख रूपैयाँ लागतमा ‘न्यू सेप जिम एण्ड फिट्नेस वल्र्ड’ सञ्चालनमा आएको छ ।

सितोरियो करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी प्रभाकर राना मगर (रिक्की) ले बुधबारदेखि जिम र फिट्नेस गर्नेहरूको लागि सञ्चालनमा ल्याएका हुन् । उक्त फिट्नेसको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले गरे ।

करिब १ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न भवनमा अत्याधुनिक उपकरणहरू जडान गरी जिम एण्ड फ्टिनेस वल्र्ड सञ्चालनमा ल्याएको उनले बताए । फिट्नेसमा कराते, बक्सिङ, पर्सन ट्रेनिङहरू हुनेछ । ‘फिट्नेसमा आउने सेवाग्राहीहरूको लागि हामीले दक्ष र अनुभवी प्रशिक्षकहरू राखेका छौं’–सञ्चालक मगरले भने ।

यहाँ दुईजना महिला प्रशिक्षक र तीनजना पुरुष प्रशिक्षकहरू रहेका छन् । प्रशिक्षकहरूमा मिस्टर मोरङ भएका प्रवित राजवंशी, करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी प्रभाकर राना मगर, ललिता राई, रचना भट्टराई र मनु मुखिया रहेका छन् ।

फिट्नेसमा आउनेहरूका लागि प्याकेज बनाइएको छ । ५ हजार ५ सय रुपैयाँमा तीन महिना, १० हजारमा ६ महिना र १ वर्षको १८ हजार रुपैयाँ शुल्क रहेको छ ।