धरान । सुनसरी उद्योग वाणिज्य सङ्घ धरानले धरान–१६ का उपभोक्तालाई एक दिवसीय खाद्य स्वच्छता, गुणस्तर तथा पोषण शिक्षाबारे सचेतना गराएको छ । 

आइतबार वडा कार्यालयमा परिसरमा वडाका टोल विकास संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूलाई कुनै पनि सामान खरिद गर्दा सचेत रहन आग्रह गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख काशिनाथ घिमिरेले खाद्य स्वच्छता, गुणस्तरीय वस्तु उपभोग गर्न, पोषण शिक्षाबारे जानकारी गराए । 

नगर प्रमुख तिलक राईले उपभोक्ताहरूलाई कुनै प्नि सामान खरिद गर्दा उत्पादन मिति, म्याद गुज्रिने मिति र मूल्य हेरेर मात्रै खरिद गर्न आग्रह गरे । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले धरानलगायत सुनसरीका धेरै स्थानहरूमा गत वर्षदेखि नै यस्तो सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए ।