धरान/भानुसब्जी तथा फलफूल व्यवसायी समितिको ३४ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पालिका तरकारी बजारअगाडि आइतबार गरिएको रक्तदान कार्यक्रममा २१ युनिट रगत सङ्कलन भएको अध्यक्ष राजेन्द्र दर्नालले जानकारी दिए । संस्थाले हरेक वर्षको वार्षिकोत्सवमा सामाजिक कार्यअन्तर्गत रक्तदान कार्यक्रम गर्दै आएको छ । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा उवासङ्घको वस्तुगत सङ्घहरूको पनि साझेदारी रहेको थियो । सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।