धरान । भीभो कम्पनीले भीभो ब्राण्डको नयाँ स्मार्ट फोन वाई २१ मङ्गलबारदेखि नेपाली बजारमा ल्याएको छ ।
भीभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन रहेको कम्पनीले जनाएको छ । सुपर स्लिम बडीका साथै ५ हजार एम्.ए.एच. ब्याट्री र १८ वाट फाष्ट चार्जर रहेको छ ।
पर्याप्त ब्याट्री क्षमता भएको र सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकहरूका लागि यो अति उपयोगी रहेको कम्पनीले जनाएको छ । भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सका अनुसार भीभो वाई सिरिज बजारको व्यापक अध्ययन अनुुसन्धान गरी ग्राहकहरूलाई उपयोगी र मन पर्ने डिजाइनमा कम्पनीले उत्पादन गरेको छ ।
८.० एमएम स्लिम बडी रहेको छ । वाई २० को पूर्ण सफलतापछि वाई २१ नेपाली बजारमा ल्याइएको हो । किनारपट्टि फिङ्गर प्रिण्ट स्क्यानर जडान गरिएको छ, जसले गर्दा बन्द गर्न र खोल्न सहज र छिटो हुने कम्पनीले जनाएको छ ।

वाई २१ ले ६४ जिबी को साथ अत्यधिक १ टिबी (अक्तिरीत्त खरिद गर्न सकिने) बढाउन सक्ने मेमोरी क्षमतामा निर्माण गरेको छ । यसमा मुख्य क्यामरा १३ एम्पी क्यामेरा जडान गरिएको छ ।
८ एम्पीको फ्रण्ट क्यामेराले प्राकृतिक सौन्दर्यलाई स्पष्ट र सफा गरी खिच्न सक्ने जनाइएको छ । मेटालिक क्यु र डाइमण्ड ग्लो कलरमा बजारमा उपलब्ध छ । यसको बजार मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।