बजारमा दशैंकाे चहलपहल बढेसँगै स्थानीय पालिकाहरूले बजार अनुगमनलाई तीव्रता दिन थालेका छन् । इटहरी उपमहानगरपालिकाले पनि
इटहरी बजारको बसपार्क छिर्ने लाइनका मासु पसलको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा कुनै पनि पसलमा मूल्य सुची नहुनुका साथै कतिपय मासु पसलहरू दर्ता नवीकरण नै नगरी सञ्चालनमा रहेको प्रेस संयोजक लिलाराज
भट्टराईले जनाएका छन् ।
उनका अनुसार उपमहानगरको
उपभोक्ता हित संरक्षण समितिकी संयोजक उप–मेयर लक्ष्मी गौतमको नेतृत्वमा
जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहित अनुगमन टोलीले उक्त क्षेत्रका ७ वटा मासु पसलमा अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा एउटा पसलबाट ३ केजी पुरानो वोसो बरामद गरी नष्ट गरिनुका साथै दुई वटा पसलले व्यवसाय नवीकरण नगरेको भेटिएको
भट्टराईले जनाएका छन् ।
यसरी नवीकरण नभएका तथा अखाद्य वाेसाे बरामद भएका पसलहरूलाई
मासु पसलमा पालना गर्नुपर्ने मापदण्डका बारेमा जानकारी गराइ अर्को पटक अनुगमन गर्दा मापदण्ड पालना नगरेको पाइए कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने चेतावनी दिइएको
उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए ।
यस अघि अनुगमन गरिएका पसलहरूमा भने सुधार भएको पाइएको उनले जनाएका छन् ।