बेलबारी । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पुर्वी नेपालीको तराई भेगमा पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ ।
अविरल परेको पानी अझै नरोकिएको कारण धान यो पटकको धान खेतमै उम्रने चिन्ता रहेको मोरङ बेलबारी ७ बाहुनीका किसान रामहरी चौधरीले बताए । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ सकेर धान काट्न सुरसारमा रहेका किसान लगातारको झरीले सोत्तर बनाएपछि निरास भएका छन् ।
लगातारको कात्तिके झरीले जिल्लाको रंगेली , सुनवर्सी , बेलबारी , सुन्दरहरैचा,ग्रामथान, कानेपोखरी, पथरी, रतुवामाई लगायतका ठाँउमा लगाएको ठूलो क्षति पुगेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पुर्याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र मोरङले जनाएको छ ।