नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९१ हजार ७०० कायम भएको छ भने छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको थियो ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० मा कारोबार हुनेछ । बुधबार प्रतितोला ९० हजार ९०० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला २५ ले बढेर आज एक हजार २६० पुगेको छ । चाँदी बुधबार प्रतितोला एक हजार २३५ मा कारोबार भएको थियो ।