भद्रपुर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.को २२ औँ वार्षिक साधारण सभा शनिबार चन्द्रगढीमा सम्पन्न गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको ११ औँ राष्ट्रिय महाधिवेशनका सह–संयोजक लेखनाथ कोइरालाको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो । 

संस्थाका अध्यक्ष अधिकारीले साङगठानिक प्रतिवेदन पेश गर्दै कोभिड महामारीका कारण लक्ष्य अनुसारको काम गर्न नसकिएको जानकारी गराएका थिए । ३६ जना शेयर सदस्यहरुको ३६ हजार शेयर पुँजीबाट शुरु गरिएको संस्थामा हालसम्म ७ सय ८१ जना पुगि १ करोड भन्दा माथि शेयर पूँजी रहेको प्रतिवेदन प्रस्तुत् गरेका थिए । कार्यक्रममा भोजप्रसाद पौडेल,कृष्णप्रसाद खतिवडा र बाबुराम पोखरेललाई उत्कृष्ट सञ्चालक घोषणा गरिएको थियो । 

उपाध्यक्ष डिल्ली ढकालले स्वागत तथा सचिव शेषराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेपाल निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन मोरङ अध्यक्ष जीवन काफ्ले,झापा जिल्ला सहकारी सञ्चालक समिति सदस्य नारायण गौतम,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना, प्रदेश साँसद बसन्त कुमार बानियाँ,भद्रपुर नगरपालिका मेयर जीवन कुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।

सभाले आगामी वर्षका लागि नयाँ कार्यसमितिको समेत चयन गर्ने भएको छ ।