धरान । एलजी कम्पनीको ‘एआइडीडी’ मोटर भएको वासिङ मेसिनको माग ह्वात्तै बढेको छ ।

नयाँ प्रविधिजडित ‘आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ (एआइडीडी)’ मोटर भएको वासिङ मेसिनको बिक्री ह्वात्तै बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले मेसिनको माग बजारमा दोब्बरले वृद्धि भएको जनाएको छ । कपडाको गुणस्तरलाई १८ प्रतिशतले जोगाउने विशेषता रहेको उक्त मेसिनमा स्टिम टिम प्रविधि रहेको छ ।

कपडाको रेसारेसाभित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्ने क्षमता रहेको छ । त्यस्तै ३० प्रतिशत कपडालाई खुम्चिनबाट बचाउने जनाइएको छ ।

विद्युत् तथा समयको बचतसमेत गर्ने यस मेसिनले ३९ मिनेटको अवधिमा ‘वास साइकल’ पूरा गर्ने कम्पनीको दाबी छ । मेसिनमा १० वर्षको वारेन्टी रहेको छ । नेपालमा एलजी ब्रान्डको आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।