लक्ष्मीमार्ग । राष्ट्रिय भूमि आयोगले सुन्दरहरैँचामा भूमि सम्बन्धी समस्या समाधान आयोगको सेवा केन्द्र उद्घाटन गरेको छ । 


सुन्दरहरैँचा नगरपालिकाभित्र बसोबास गर्दै आएका भुमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाण पत्र ९लाल पुर्जा० वितरण गर्ने उद्देश्यका साथ   मंगलबार वडा नं ८ स्थित वडा कार्यालयको भवनमा एक कार्यक्रमका बीच सो सेवा केन्द्रको स्थापना गरिएको हो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशवप्रसाद निरौला र नगरप्रमुख शिवप्रसाद ढकालले सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।   

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले भूमिहिन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाइने र लक्षित वर्गलाई समेटेर अघि बढ्ने बताए । आफ्नै कार्यकालमा नगरका भूमिहिनलाई भूमि उपलब्ध गराउने समेत नगर प्रमुख ढकालले प्रतिवद्धता जाहेर गरे ।

त्यस्तै राष्ट्रिय भुमि आयोगका केन्द्रिय अध्यक्ष निरौलाले वर्तमान आयोगले छिटो अवधिमा नै जग्गा धनि लाल पुर्जा वितरण गर्ने गरि काम अघि बढाइएको भन्दै यस अघिका आयोगहरुका दाँजोमा राम्रो र छिटो काम गरि पूर्णता दिने बताए । साथै स्थानीय सरकार नजिकको सरकार भएकाले नगरमा रहेका लक्षित भूमिहिन वर्गलाई जनप्रतिनिधिहरुले समेत तत्परता देखाई अगाडी बढ्नुपर्ने उनले बताए ।

प्रथम चरणमा १७ वटा पालिका मध्ये ६ वटा पालिकामा एकै पटक २० गतेबाट प्राविधिक टोलिहरुले काम गर्ने छन् ।

गत पौष २४ गते शनिबार काठमाडौमा एक समारोहकाबीच राष्ट्रिय भूमी आयोग र सुन्दरहरैँचा नगरपालिकाबीच द्धिपक्षीय सम्झौता भएको थियो । सम्झौता संगै लामो समय देखि भोगचलन गर्दै आएका नगरका  ६ हजार ७२ जना सुकुम्बासीहरुले जग्गाधनी प्रमाण पुर्जा पाउने भएका छन् ।