विजयपुर । दराजले सेलिब्रेट लभ अभियान घोषणा गरेको छ । अभियान माघ २१ बाट सुरु भएको छ ।
अभियानमा ६० प्रतिशतसम्मको मेगा डिल, कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत अर्थात् ७ सय ५० रुपैयाँसम्म छुट रहेको छ । साथै ५ हजारसम्मको मेगा भौचर, ५० हजार मूल्यको सामान १ रुपैयाँमा जित्ने मौका रहेको दराजले जनाएको छ । अभियानको शोजटपर भने मेगा गिभअवे रहेको छ ।
जहाँ एकजना विजेताले १ लाख २२ हजार बराबरको श्री बालाजीको हीराको झुम्का र औँठी जित्न मौका पाउनेछन् । अभियानको अवधिमा ग्राहकहरूले एपल, रियलमी, बियर्डो, रोटो, एएन एक्स, वाइल्ड हर्न, कन्भर्स, मसला बिड्स, अमय्रा फेशन, विक्की स्टेसनर्स, कडेंस, एक्स एज, ह्यमुन्ड्स फ्लाइक्याचर, प्याजाइटालिया र थप अरू प्रमुख ब्रान्डको उत्पादनहरूमा ६० प्रतिशतसम्मको मेगा डिलहरू प्राप्त गर्न सक्नेछन् ।
कुन उपहारहरू छनौट गर्ने भन्नेबारे निश्चित नभएका ग्राहकहरूले ‘ह्यान्ड पिक्ड गिफ्ट’मार्फत् सजिलैसँग उत्तम उपहार पाउन कम्पनी जनाएको छ । अभियानमा ग्राहकहरूलाई बैङ्क कार्ड प्रिपेमेन्टहरूमार्फत थप छुटहरू प्राप्त गर्ने अवसर पनि प्रदान गरेको दराजले जनाएको छ ।

मेगा बैङ्क, सानिमा बैङ्क, बैङ्क अफ काठमाडौँ, एनसीसी बैङ्क, एनएमबी बैङ्क, एभरेष्ट बैङ्क र सनराइज बैङ्कका कार्ड भएकाहरूले क्रेडिट कार्डमार्फत् १५ प्रतिशत र डेबिट कार्डमार्फत् १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
अभियानमा लोकप्रिय खेल एक रुपैयाँको मध्यमबाट ग्राहकहरूले साजुना डायमन्ड झुम्का र एन्कर साउन्डकोर हेडफोन प्राप्त गर्नेछन् । भाग लिनका लागि ग्राहकहरूले अनलाइन प्रिपेमेन्टको मध्यमबाट १ रुपैयाँ प्रिपे गर्नु पर्नेछ । नजितेमा पूर्ण रकम फिर्ता हुनेछ ।
दराज प्रयोगकर्ताहरूलाई सेलमा धेरै उपहारहरू जित्ने अवसर प्रदान गर्न माल्भिका सुब्बाका साथै अन्य चर्चित सेलिब्रेटीहरूको माघ २३ मा दराज एपमा गाला लाइभ गर्ने पनि जनाएको छ ।