सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १००ले बढेर ९२ हजार ६०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला ९२ हजार तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।