विजयपुर । सुजुकीले आफ्ना ग्राहकहरूका लागि ‘वर्कसप अन ह्वील’ सुरु गरेको छ ।

सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजीे होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकका लागि गाडी मर्मतको लागि ‘वर्कसप अन ह्वील’ सुरु गरेको हो ।

सुजुकीका ग्राहकले नयाँ तरिकाले सवारी मर्मत गराउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘वर्कसप अन ह्वील’ मा आधुनिक प्रविधि र उपकरणहरू राखिएको छ ।

सुजुकीको आफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठले सवारीका लागि आधुनिक वर्कसप भएको बताए । कम्पनीका अनुसार उक्त सेवा हाल काठमाडौँ, पोखरा, भैरहवा र नारायणघाटमा सञ्चालन गर्दै आएको छ । चाँडै नेपालका सम्पूर्ण प्रमुख सहरमा सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।