विराटनगर । नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा बुधबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा प्रिमियर–११ र पर्शुराम वारियर्स विजयी भएका छन् । पहिलो खेलमा प्रिमियर–११ ले म्याजिक स्ट्राइकर्सलाई ४६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ८ विकेट गुमाई १ सय १८ रन बनायो । जसमा म्यान अफ दी म्याच अमित अटलले ४७ रन र हरिष अग्रवालले २६ रनको योगदान दिए । म्याजिकका रोहित अग्रवालले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको म्याजिकले निर्धारित ओभरमा ७ विकेट गुमाई ७२ रन मात्र जोड्न सक्यो । जसमा शुभम अग्रवालले सर्वाधिक १९ रनको योगदान दिए । प्रिमियरमा रोहित सावूले सर्वाधिक ३ विकेट लिए ।

दोस्रो खेलमा पर्शुराम वारियर्सले सिएसबी–११ लाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सिएसबी–११ ले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ७७ रन बनायो । जसमा जय सोनीले सर्वाधिक २४ रनको योगदान दिए । पर्शुरामका म्यान अफ दी म्याच अरुण शर्माले २ विकेट लिए ।

जवाफमा ७८ रनको लक्ष्य पाएको पर्शुरामले ८ दशमलव २ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो । जसमा कुलदीप गौरले २६ रन बनाउँदा विनोद शर्माले अविजित २० रन बनाए । सिएसबीका सुमित सोनी, मनोज सोनी र विकास सोनीले समान १–१ विकेट लिए ।

तेस्रो खेलमा प्रिमियर–११ ले हुलास–११ लाई १३ रनले पराजित गरेको छ । प्रिमियरको यो लगातार दोस्रो जित हो । टस हारेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ७ विकेट गुमाई ८७ बनायो । जसमा अमित अटलले ३४ रन जोड्दा केशव महश्वरीले १५ रनको योगदान दिए । हुलासका अरियन्त वैधले सर्वाधिक ४ विकेट लिए ।

जवाफमा ८८ रनको विजयी लक्ष्य पछ्याएको हुलासले निर्धारित ओभरमा ८ विकेट गुमाई ७४ रन मात्र जोड्न सक्यो । जसमा शुभम लुनियाले १७ रन बनाउँदा सिद्धार्थ सेठियाले १७ रनको योगदान दिए । प्रिमियरमा म्यान अफ दी म्याच वेदान्त जाजुले सर्वाधिक ४ विकेट लिए ।

आज (बिहीबार) को पहिलो खेल प्रिमियर–११ र सिएसबी–११, दोस्रो खेल हुलास–११ र पर्शुराम वारियर्स तथा तेस्रो खेल सिएसबी–११ र म्याजिक स्ट्राइकर्सबीच प्रतिस्पर्धा हुनेछ । फागुन ११ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ  । प्रतियोगितामा १० वटा लिग खेल हुने आयोजकले जनाएको छ ।

विजेताले ६१ हजार तथा ट्रफी र उपविजेताले २१ हजार तथा ट्रफी हात पार्नेछ । प्रतियोगिताको म्यान अफ दी सिरिज हुने खेलाडीले ५ हजार १ सय नगद तथा प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीले नगद २ हजार १ सयका साथ ट्रफी हात पार्नेछ ।

cricket123