विजयपुर । धरान उपमहानगरपालिकाको छाताचोकस्थित विद्युत् पोलमा आगलागी भएको छ ।
शुक्रबार विद्युत् पोलमा अचानक आगो लागेपछि नियन्त्रणका लागि धरान उपमहानगरपालिकाका तीनवटै दमकल परिचालन गरिएको छ । आगो नियन्त्रणमा आइसकेको छ । आगलागीको कारण र क्षतिको विवरण भने खुल्न बाँकी छ ।

































